Skin_Hospital_Dhn

तुइनबाट खसेर एक पुरुष महाकालीमा बेपत्ता

दार्चुला ।
दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकाली नदीमा बेपत्ता भएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्यास गाउँपालिका–२ तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएका हुन् ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्यास गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारी आज (शनिवार) दिउँसो तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको ब्यास गाउँपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले जानकारी दिए ।

दिउँसो साढे एक बजेतिर भण्डारी घरबाट भारत जाने क्रममा तुइनको सहारामा महाकाली नदी पार गर्न खोज्दा उक्त घटना भएको वडाध्यक्ष बुढाथोकीले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले तुइनबाट खसेर भण्डारी बेपत्ता भएको खबर प्राप्त भएको बताएका छन् । “दुम्लिङबाट प्रहरी टोली घटनास्थलमा गएको छ, खोजी कार्य जारी छ’’, उनले भने ।‘

सम्बन्धित
Loading...