
कञ्चनपुर ।
कञ्चनपुरमा लागुऔषधमा संलग्न चार जना पक्राउ परेका छन् । जिल्लाका विभिन्न स्थानबाट लागुऔषधमा संलग्न शुनिल बोहरा, बसन्त जोशी, हनमोल गुप्ता र रुपेन्द्र मौरीया पक्राउ परेका हुन् ।

ईकाला प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले शुक्लाफाटा नगरपालिका–५ बनस शुनिल बोहरा, भीमदत्त नगरपालिका–२ का बसन्त जोशी, भारतको बरेली कान्द्रापुरका हनमोल गुप्ता र चनहिटिग्रामका रुपेन्द्र मौरीया लागुऔषधसहित पक्राउ गरेको प्रहरिले जानकारि दिएको हो ।

उनीहरु दुई किलो चार ग्राम लागुऔषधसहित पक्राउ परेको र २८ हजार पाँच सय नेपाली रुपैयाँसहित चार जना पक्राउ परेको प्रहरीले बताएको छ ।
अहिले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
