Skin_Hospital_Dhn

असुरक्षा नहोस् भनी व्यवस्थित राख्ने क्रममा चित्त दुखेको भए माफी माग्छु : मुख्यमन्त्री शाह

दार्चुला ।

दार्चुलाको गोकुलेश्वरमा जगतपुरी शिव धाम क्षेत्रका महाराज रामानन्द स्वामीलाई मुख्यमन्त्री भेट्नमा रोक लगाइएको भन्ने समाचार आएपछि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले आफू मुख्यमन्त्री र व्यक्तिगत हैसियतले कुनै पनि धर्मलाई र धर्मका व्यक्ति प्रति पूर्ण आस्थावान् रहेको बताएका छन् ।

साथै धार्मिक व्यक्तित्वहरूका सन्दर्भमा कहीँ कतै ठेस नपुगोस् भन्ने आफ्नो व्यक्तिगत चाहाना रहेको र सुदूरपश्चिम प्रदेश सरकार त्यसप्रति सचेत रहेको उनले बताए ।

“म एउटा कार्यक्रममा गएको थिए ,बृद्धाआश्रमको उद्घाटनका क्रममा त्यहाँ एक जना धार्मिक व्यक्तित्व महात्मालाई सुरक्षाका सवालमा केही समय पर्खनु परेको रहेछ, उहाँलाई असुरक्षा नहोस् भनी सान्ती सुरक्षाकै सन्दर्भमा व्यवस्थित तरिकाले राख्ने क्रममा उहालाइ सुरक्षित स्थानतिर लगेर राखेका कारण उहाँको चित्त दुखेको हुनुपर्छ ।” उनले भने, “यसबारे मलाई कुनै जानकारी समेत थिएन तर पनि मेरा क्रियाकलापले कहीँ कतै उहाँको चित्त दुख्न गएको छ अथवा उहालाइ पिडा महसुस भएको छ भने म क्षमा माग्न चाहन्छु । कहिलेकाहीँ सुरक्षाका सवालहरूमा केही कदम उठाउनुपर्ने हुन्छ । तर पनि म सुदूरपश्चिम प्रदेश सरकारको हैसियतले, मुख्यमन्त्रीको हैसियतले एउटा महात्मालाई केही त्यस्तो चोट पुगेको छ भने पनि म फेरी दोहोर्‍याएर क्षमा चाहन्छु ।”

मुख्यमन्त्रीको टोली स्थलगत भ्रमणमा निस्केका हुन्  ।

जगतपुरी शिव धाम क्षेत्रका महाराज रामानन्द स्वामी स्थानीय निर्वाचनमा शैल्यशिखर नगरपालिकाको मेयर पदका उम्मेदवार समेत रहेको स्थानीयले बताएका छन् ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष चक्र बहादुर बमले रामानन्द स्वामी आफ्नो कार्यकर्ता रहेको र उनीमाथि दुर्व्यवहार गरिएको मा आपत्ति जनाएका छन् । साथै नेकपा एमाले जिल्लाले पनि विरोध गरेको थियो ।

यसरी धर्मका अनुयायी गुरु रामानन्द स्वामीलाई राजनीतिक दलका नेताले कार्यकर्ता भन्नु र मुख्य मन्त्रीको नाम मुछेर अफवाह फैलाउन खोज्नुले धर्म प्रतिको आस्था डगमगाउनुका साथै उक्त घटना सुनियोजित हुनसक्ने देखिएको छ ।

Loading...