Skin_Hospital_Dhn

कैलालीमा एक ट्राफिक प्रहरीको दुर्घटनाबाट मृत्यु

धनगढी ।
कैलालीमा एक ट्राफिक प्रहरीको दुर्घटनाबाट मृत्यु भएको छ । कैलालीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा हिजो (शनिवार) राति दुर्घटनाबाट घाइते प्रहरी सहायक हल्दार जनकराज धामीको मृत्यु भएको हो ।

उनि जिल्लाको धनगढी उप—महानगरपालिकाको बोराडाँडीमा बिहीवार साँझ दुर्घटनामा परि घाइते भएका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार उनी बिहीवार साँझ राजपुरको ट्राफिक बिट जाँदै थिए । उनी सवार मोटरसाइकल बोराडाँडीमा गाईसँग ठोकिएको थियो । उनको हिजो (शनिवार) राति धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरीले बताएको छ।

सम्बन्धित
Loading...