Skin_Hospital_Dhn

भन्सार छलेर ल्याउदै गरेको भारतीय यूरिया मल नियन्त्रणमा

कञ्चनपुरमा भन्सार छलेर ल्याउदै गरेको भारतीय यूरिया मल नियन्त्रणमा लिइएको छ।

जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर १० दोदा पुलबाट भारतबाट भन्सार छलेर धनगढी तर्फ ल्याउदै गरेको २० बोरा यूरिया मल नियन्त्रणमा लिएको हो।

शुक्रवार साँझ आइबीआरडीबाट धनगढी तर्फ आउदै गरेको अटोसहित २० बोरा यूरिया सीमा निगरानी समितिले नियन्त्रणमा लिएको बताइएको छ। सशस्त्र सीमा सुरक्षा बललाई यूरिया मल बुझाइएको पुनर्वास नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुकदेव रानाले बताए। उनका अनुसार युवाहरुको समूहले भारतीय यूरिया मल सशस्त्र प्रहरीलाई बुझाएका हुन्।

सम्बन्धित
Loading...