Skin_Hospital_Dhn

आईपीएल : पन्जाब किंग्ससंग मुम्बई ईन्डियन्स १३ रनले पराजित

काठमाडौँ ।
ईन्डियन प्रिमियर लिग (आईपीएल)मा पन्जाब किंग्ससंग मुम्बई ईन्डियन्स १३ रनले पराजित भएको छ।

हिजो (शनिबार) राति मुम्बईस्थित वांगखडे क्रिकेट स्टेडियममा भएको खेलमा पन्जाब किंग्ससंग मुम्बई ईन्डियन्स १३ रनले पराजित भएको हो । पन्जाबले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०१ रन मात्रै बनायो।

मुम्बईका क्यामरुन ग्रीनले ४३ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ६७ रनको अर्धशतकीय ईनिङ्स खेले । सूर्यकुमार यादवले २६ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ५७ रन बनाए । कप्तान रोहित शर्माले २७ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४४ रन बनाए ।

पन्जाबका अर्शदिप सिंहले ४ तथा लियम लिविंस्टोन र नाथन एलिसले १÷१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २१४ रन बनाएको थियो ।

पन्जाबका कप्तान साम करनले २९ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ५५ रनको अर्धशतकीय ईनिङ्स खेले । हरप्रित सिंहले २८ बलमा ४ चौका र २ छक्काको मद्दतमा ४१ रन बनाए ।

मुम्बईका पीयूष चावला र क्यामरुन ग्रीनले २÷२ विकेट लिए । जेसन बेहरानड्राफ्ट,जोफ्रा आर्चर र अर्जुन तेन्दुल्करका नाममा १÷१ विकेट रह्यो।

यस जितसँगै पन्जाब अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ भने मुम्बई सातौँ स्थानमा छ ।

सम्बन्धित
Loading...