Skin_Hospital_Dhn

केएस कन्स्ट्रक्सनले धनगढीको मुख्य सडक निर्माणको जिम्मा पाउने

धनगढी ।
केएस कन्स्ट्रक्सनले धनगढीको मुख्य सडक निर्माणको जिम्मा पाउने भएको छ । सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार कार्यालय कैलालीका अनुसार केएस कन्स्ट्रक्सनले सो सडक निर्माणको ठेक्का केएस कन्स्ट्रक्सनले पाएको हो ।

पूर्वाधार कार्यालय कैलालीका निमिक्त प्रमुख राजचन्द्र खत्रीले साढे ५१ करोडमा केएस कन्स्ट्रक्सनले सडक निर्माणको ठेक्का पाएको बताए । तर सम्झौता भएको छैन । केएससँग सडक निर्माणका लागि सम्झौताको तयारी भइरहेको पूर्वाधार कार्यालयले जनाएको छ ।

धनगढी उप—महानगरपालिकाले मुख्य सडक चोडाईका लागि १५ मिटर दाँया र १५ मिटर बायाँका भौतिक संरचना खाली गरेको थियो । उप—महानगरपालिकाको आग्रहमा दुई दशमलव तीन सय मिटर क्षेत्रभित्र रहेका चार सय २८ भौतिक संरचना खाली गरिएको थियो । घरधनीहरुले संरचना खाली गर्ने काम जारी नै छ ।

धनगढीको ट्राफिक जामको समस्या समाधानका लागि उपमहानगरले फराकिलो सडक निर्माणका लागि प्रदेश सरकारसँग बजेट माग गरेको थियो । धनगढीको कैलाली पुलदेखि क्याम्पस रोड, हुलाकी राजमार्गसम्म कालोपत्र सडक निर्माणको ठेक्का खोलिएको छ । धनगढी चौराहदेखि कैलाली पुलसम्मको मुख्य सडक क्षेत्रीय सहरी विकासमार्फत कालोपत्रको काम हुँदैछ ।

सम्बन्धित
Loading...