
कञ्चनपुर ।
कञ्चनपुरमा अवैध लागू औषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका—६ विद्यानगरबाट लागू औषध खैरो हेरोइनसहित दुई जना हिजो (शनिवार) साँझ पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा कैलाली धनगढी उप—महानगरपालिका—१३ कैलाली गाउँ बस्ने २३ वर्षीय सुमित राना र कैलाली धनगढी उप—महानगरपालिका—७ मनहेरा बस्ने १५ वर्षीय किशोर रहेका छन् ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले से।७ प ९०४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७५ मिलिग्रामसहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
