
काठमाडौं ।
नेप्से परिसूचक आज (आईतवार) १८.८० अंकले घटेको छ । कारोबारको पहिलो दिन आज नेप्से परिसूचक १८.८० अंकले घटेर १८८५.६० विन्दुमा पुगेको हो ।

आज दुई सय ६५ कम्पनीका २७ लाख ३४ हजार तीन सय सात कित्ता सेयर किनबेच हुँदा ८२ करोड ८५ लाख ३४ हजारबराबरको कारोबार भएको छ । होटेल तथा पर्यटन समूहको सेयर सामान्य अंकले बढे पनि बाँकी सबै समूहको उपसूचक घटेको छ ।

समग्र सेयर बजार घटे पनि यस दिन सनराइज ब्लुचिप फन्ड, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको छ भने सनराइज फोकस्ड इक्विटी फन्डको सेयर १० प्रतिशतले घटेको छ ।
