Skin_Hospital_Dhn

उपनिर्वाचनको मतगणना आजै हुने

काठमाडौं ।
तीन क्षेत्रमा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना आज (आइतबार) रातिबाट सुरू हुने भएको छ । तीन वटै क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सकिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिएका छन् ।

मुचुल्का उठाएर मतपेटिका मतगणना केन्द्रमा पुर्‍याएपछि मतगणना सुरू हुने थपलियाले बताए । बारा—२ मा साढे ७ बजेसम्म मतपेटिका संकलन हुने र ८ बजेपछि मतगणना सुरू हुने उनले बताए ।

चितवन—२ मा पनि मतपेटिका संकलन गर्न केही समय लाग्ने देखिएको छ । यसपालि मंसिर ४ को भन्दा मतगणना सजिलो हुने र छिटो पनि हुने थपलियाले बताएका छन् ।

सम्बन्धित
Loading...