Skin_Hospital_Dhn

देशभर आजदेखि ‘खोप सप्ताह’ शुरु

धनगढी ।
देशभर आजदेखि ‘खोप सप्ताह’ शुरु भएको छ । स्वास्थ्य निर्देशनालय, स्थानीय तहको स्वास्थ्य शाखा लगायतको आयोजनामा खोप सप्ताह शुरु भएको हो ।

सप्ताहअन्तर्गत विभिन्न सचेतनामुलक कार्यक्रम, अभिमुखीकरण, छलफल लगायतका कार्यक्रम गरिने बताईएको छ ।

सप्ताहकै पूर्वसन्ध्यामा सञ्चारकर्मीहरुसंग निर्देशनालयले अन्तरक्रिया कार्यक्रम गरेको छ ।

पछिल्लो समय खोपको पहुँचबाहिर रहने बालबालिकाको संख्या बढ्दै गएको अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशक डाक्टर जगदिश जोशीले बताए । बसाईसराई, विशेष समुदाय, जानकारी नहुनु लगायतका कारण बालबालिका खोपको पहुँचबाहिर रहेको पाइएको उनले बताए ।

उनले खोप सप्ताहले बाहिर रहेका बालबालिकालाई पहुँचमा ल्याउन मद्दत पुग्ने बताए । उनले स्थानीय तहका वडामै अहिले घरधुरी सर्वेक्षण तथा पहिचान कार्यक्रम भइरहेको बताएका छन् ।

राष्ट्रिय खोप कार्यक्रम नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको कार्यक्रम हो । बाल मृत्युदर घटाउन तथा बालबालिकालाई विभिन्न रोगबाट जोगाउन यो कार्यक्रम वि.सं २०३४ सालमा ३ वटा जिल्लाबाट सुरु गरिएको थियो । ४ प्रकारका रोगबाट सुरु गरिएको खोप कार्यक्रममा हाल सबै जिल्लामा १३ वटा रोगविरुद्धको खोप दिइन्छ ।

नेपालमा ९६ प्रतिशत बालबालिकाले खोप सुरु गर्नु सुखद देखिन्छ तर ४ प्रतिशत बालबालिकाले खोप पाउन सकेका छैनन् । नेपाल जनसांख्यिक सर्वेक्षणअनुसार १६ प्रतिशत बालबालिकाहरु पूर्ण खोपबाट वञ्चित छन् भने ४ प्रतिशत बच्चाले कुनै पनि डोज लगाएका छैनन् । धेरैले ९ महिनासम्म खोप लगाए पनि पूर्ण मात्राको खोप लगाउने समयसम्म ड्रप आउट भएको तथ्यांकले देखाउँछ ।

सम्बन्धित
Loading...