Skin_Hospital_Dhn

कञ्चनपुरमा प्रदेशस्तरीय कबड्डी छनोट प्रतियोगिता सुरु

कञ्चनपुर ।
कञ्चनपुरमा हिजो (आइतबार) देखि सुदूरपश्चिम प्रदेशस्तरीय कबड्डी छनोट प्रतियोगिता सुरु भएको छ । जिल्लाको महेन्द्रनगरमा सुरु भएको उक्त प्रतियोगितामा सुदूरपश्चिमका नौ जिल्लाका खेलाडी सहभागी छन् ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको प्रदेशस्तरीय कबड्डी छनोट प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाश रावलले गरे । महेन्द्रनगरस्थित कभर्डहलमा रहेको कबड्डी प्रशिक्षण केन्द्रमा सञ्चालन भएको सो प्रतियोगिताबाट छनोट भएका खेलाडी काठमाडौँमा हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी हुने कबड्डी प्रशिक्षक विष्णुदत्त भट्टले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन समारोहमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंह र कबड्डी सङ्घ कञ्चनपुरका अध्यक्ष महेश चन्दलगायतको उपस्थिति थियो । आज (सोमबार) छनोट प्रतियोगिता सकिनेछ ।

सम्बन्धित
Loading...