Skin_Hospital_Dhn

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे बैतडी, दार्चुलामा भएका आयोजनाको निरीक्षण

धनगढी ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले बैतडी, दार्चुला भ्रमण र जिल्लामा भएका विकास आयोजनाको निरीक्षण गरेका छन् । उनले दार्चुला जिल्ला स्थित बाढीग्रस्त क्षेत्र, महाकाली नदिले कटान गरेको क्षेत्र, लास्कु खोलाले कटान गरेको क्षेत्र र श्रीबगड क्षेत्रको अवलोकन गरेका हुन् ।

साथै, उनी श्री महेन्द्र नमुना माध्यमिक विद्यालय खलङ्गा परिवार सँग भेटघाट, बैतडी सेटिगाऊ बहुमुखी क्याम्पस को निरीक्षण, गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजको निरीक्षण, स्थानीय र क्याम्पस परिवार सँग अन्तरक्रिया कार्यक्रम, नेपाली काँग्रेस दोगेडाकेदार गाँउकार्यसमिती बैतडी द्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पनि सहभागी भएका थिए ।

भ्रमणका क्रममा मुख्यमन्त्री शाहले प्रत्यक्ष रूपमा विकास निर्माण र जनताका आवश्यकता बारेमा जानकारी लिएका छन् । साथै, प्रदेश सरकारका तर्फबाट आवश्यक योजना निर्माण गर्ने प्रतिबद्धता गरेका छन् ।

सम्बन्धित
Loading...