
कञ्चनपुर ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले आज (सोमवार) देखि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ । स्थानीय तहबाट श्रम स्वीकृत प्रदान गर्ने भीमदत्त नगपालिका सुदूरपश्चिम प्रदेशकै पहिलो पालिका हो ।
वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले नगरको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति लिन सकिने जनाइएको छ । भीमदत्त नगरपालिकाले दुई जना स्थानीयलाई सोमवार श्रम स्वीकृत प्रदान गरेको छ । वडा नम्बर ९ निवासी आनन्द सिंह रावत र वडा नम्बर ८ निवासी भवान सिंह भण्डारीलाई भीमदत्त नगरपालिकाका नगर उपप्रमुख तथा कार्यवाहक नगरप्रमुख निलम लेखक जोशीले खादा ओढाएर श्रम स्वीकृत पत्र प्रदान गर्नुभएको हो ।


आजदेखि नगरको रोजगार सेवा केन्द्रमा आवेदन दिई श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिन सकिने भीमदत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख निलम लेखक जोशी बताए । “विगतमा श्रम स्वीकृत लिन राजधानी काठमाडौँ जानुपर्ने बाध्यता, समयमा काम नहुने, खर्च बढी हुने लगायतका थुप्रै समस्या वैदेशिक रोजगारमा जाने व्यक्तिहरूले भोग्नु पर्थ्यो ।” उनले भनिन् “जब सरकारले श्रम स्वीकृत स्थानीय तहबाट समेत प्रदान गर्न सकिने प्रावधान ल्यायो तबबाट हामीले, हाम्रा कर्मचारीहरू वैदेशिक रोजगारमा जाने व्यक्तिहरूलाई जतिसक्दो छिटो नगरपालिकाबाटै श्रम स्वीकृति प्रदान गर्ने गरी काम ग¥यौँ र आजबाट नगरपालिकाबाटै श्रम स्वीकृत प्रदान गर्ने सेवाको सुरुवात भएको छ ।” उनले अगाडी भनिन्, “अब पहिलेको जस्तो समस्या स्थानीयहरूले भोग्नु पर्दैन ।”
नगरपालिकाबाटै श्रम स्वीकृत पाएपछि भीमदत्त नगरपालिका–९ का रावतले खुसी लागेको बताए । “‘पहिला यो श्रम स्वीकृत लिन काठमाडौँ जानु पर्थ्यो, त्यहाँ होटेलमा बस्न, आउन, जान गाडी भाडा लगायत धेरै खर्च हुन्थ्यो ।” उनले भने, “खर्च भए पनि समयमा काम नहुने, विभिन्न प्राविधिक कारण देखाएर काम नगर्दिने लगायतका धेरै समस्या झेल्नुपर्ने बाध्यता थियो ।” उनले अगाडी भने, “अहिले आफ्नै घर छेउको नगरपालिकाबाटै श्रम स्वीकृत पाउँदा निकै खुसी लागेको छ । यसले हामी विदेश जानेहरूलाई धेरै नै सहज भएको महसुस भएको छ ।”
भीमदत्त नगरपालिकाका रोजगार संयोजक मीन बहादुर महराकारअनुसार सरकारी व्यवस्थाअनुसार वैदेशिक रोजगारलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो र सहज बनाउन स्थानीय तहबाटै उक्त व्यवस्था सुरु गरिएको हो । गत चैत १६ गते नेपाल सरकार ९प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय०को मन्त्रीस्तरिय निर्णयबाट वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनुपर्ने निर्णय भएको थियो । वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारमा जान चाहने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।
सरकारले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली ९फेमिस० मा जोडेर विदेश जानका लागि अनलाइन आवेदन भर्न नसक्नेका लागि निःशुल्क रूपमा आवेदन भरिदिने व्यवस्थासमेत गरेको छ ।
