

धनगढी ।
कैलालीमा जिपको ठक्करबाट एक जना घाइते भएका छन् । जिल्लाको धनगढी उप—महानगरपलिकाको मोहनापुल–अत्तरिया ६ लेन सडकस्थित भाटभटेनी नजिकै जिपको ठक्करबाट साइकलमा सवार चुडामणी न्यौपाने घाइते भएका हुन् ।
से १ च ६८५ नम्बरको जिपले ठक्कर दिदा साइकलमा सवार ४२ वर्षीय न्यौपाने घाइते भएको कैलाली प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने जिप चालक धनगढीका २४ वर्षीय रामबहादुर रानालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ भने घाइते न्यौपानेको अहिले माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
