Skin_Hospital_Dhn

कैलालीमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

धनगढी ।
कैलालीमा अवैध लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका—२ त्रिनगर ब्यारेलबाट अवैध लागू औषध ब्राउनसुगरसहित भरतराज जोशी पक्राउ परेका हुन् ।

प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले अवैध लागू औषध ब्राउन सुगर १ ग्रामसहित धनगढी उपमहानगरपालिका—१ शिवनगर बस्ने २२ वर्षीय भरतराज जोशीलाई हिजो (आइतबार) राति पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित
Loading...