
काठमाडौं ।
साताको पहिलो दिन हिजो (आइतबार) १८ अङ्कले घटेको सेयर बजार आज (सोमबार) भने झिनो अङ्कले बढेको छ । आज २.७१ अङ्कले बढेर नेप्से परिसूचक १८८८ कायम भएको हो ।

आइतबार ८२ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । सोमबार ७५ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम घटे पनि नेप्से परिसूचकमा भने सामान्य सुधार भएको छ ।

सोमबार १२० कम्पनीको सेयर मूल्य बढ्दा ८५ कम्पनीको घटेको छ । १५ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।
