Skin_Hospital_Dhn

एसपीए कलेजका प्राध्यापक भट्ट यौन दुर्व्यवहार गर्ने गरेको आरोपमा पक्रउ

धनगढी ।
कैलालीको क्याम्पसका एक प्राध्यापक यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका छन् । जिल्लाको धनगढीमा रहेको सुदूरपश्चिमाञ्चल क्याम्पसका प्राध्यापक चेतराज भट्ट यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका हुन् ।

एसपीए क्याम्पसमा प्लस टु अन्तर्गत कार्यविधि कानुन पढाउने प्राध्यापक चेतराज भट्टलाई प्रहरीले यौन दुर्व्यवहार आरोपमा आज (सोमबार) पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनलाई समातेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो ।

भट्टले क्याम्पसमा अध्ययनरत आधा दर्जन छात्रालाई अनालाइनमार्फत यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेको छ । छात्राहरूलाई भिडिओ र म्यासेजमार्फत अश्लिल कुरा गर्ने गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

सोही विषयलाई लिएर पीडित छात्राहरूका आफन्त, साथी र विद्यार्थीले विरोध जनाएपछि भट्ट पक्राउ परेका हुन् ।

सम्बन्धित
Loading...