
काठमाडों ।
हाल मुलुकमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू—भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू—भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू—भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।


दिउँसो देशका पहाडी भू—भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू—भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू—भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति कर्णाली प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू—भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
आज (मंगलवार) बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले मेघगर्जन, चट्याङ, हावाहुरीबाट हुनसक्ने क्षतिरजोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
