
काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससंग सनराइजर्स हैदराबाद ७ रनले पराजित भएको छ । गएराति भएको खेलमा क्यापिटल्ससंग सनराइजर्स हैदराबाद ७ रनले पराजित भएको हो । दिल्लाीका लागी यो दोश्रो जित हो ।

दिल्लीले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन बनायो । हैदराबादका मयङ्क अग्रवालले सर्वाधिक ४९ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । त्यस्तै उसका हेनरिक केल्सनले ३१ रन जोडे ।

दिल्लीका एनरिच नोर्किया र अक्षर पटेलले समान २÷२ तथा इशान्त शर्मा र कुलदीप यादवले समान १÷१ विकेट लिए । त्यसअघि हैदराबादमा टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।
दिल्लीका मनिष पान्डे र अक्षर पटेलले समान ३४ रन बनाए । हैदराबादका वासिङ्टन सुन्दरले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए र टी नटराजनले १ विकेट लिए । दिल्ली सातौँ खेलमा दोस्रो जितसहित अङ्कतालिकाको पुछारमा नै छ । समान खेलमा चार अङ्क नै रहेको हैदराबाद नवौं स्थानमा छ।
