
काठमाडौं ।
आज विश्व मलेरिया दिवस “शून्य मलेरिया प्रदान गर्ने समय, लगानी, आविष्कार, कार्यान्वयन’ भन्ने नाराका साथ विश्वभरि मनाइँदैछ । विश्व मलेरिया दिवस संसारभर प्रत्येक वर्ष २५ अप्रिलमा मनाइन्छ ।
लामखुट्टेको टोकाईबाट सर्ने एउटा अत्यन्त जोखिमयुक्त रोग ’औलो’ बारे सचेतनाका लागि आज संसारभरि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै मलेरिया (औलो) दिवस मनाइदै छ ।


नेपालमा पनि स्वास्थ्य संस्था, स्वास्थ्य क्षेत्रमा काम गर्ने सङ्घ—सस्था अनि कर्मचारीहरूले विभिन्न कार्यक्रम मार्फत तथा घरदैलो जस्ता विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरेर यो दिवसको बारेमा जानकारी फैलाउने गर्दछन् ।
यसबारे कतिपय विकासोन्मुख देशका नागरिकहरूमा चेतना स्तरको कमी, स्वास्थ्योपचारको अभाव, गरिबी अनि हेलचेक्र्याइँका कारणले मृत्युको सङ्ख्या आशा गरे अनुरूप घट्न भने सकेको छैन । यसको रोकथाम गर्न समयमा खोप, आवश्यक औषधोपचार तथा घरभित्र वा बाहिर सुत्दा अनिवार्य झूलको प्रयोग महत्त्वपूर्ण मानिएको छ ।
हरेक वर्ष डिसेम्बर महिनामा मलेरिया पीडितहरूको बारेमा रिर्पोट सार्वजनिक गरिदै आएको छ । जसअनुसार सन् २०२२ को डिसेम्बरमा प्रकाशित पछिल्लो विश्व मलेरिया प्रतिवेदन अनुसार २०२१ मा ६ लाख १९ हजारको ज्यान लिएको थियो भने । २०२० मा मलेरियाका कारण ६ लाख २५ हजारले ज्यान गुमाएका थिए । सन २०२१ मा २४ करोड ५० लाखलाई मलेरिया (औंलोंं) पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
डब्लुएचओका अनुसार सबैभन्दा बढी अफ्रिकामा मलेरिया संक्रमित भेटिएका थिए । भने ९५ प्रतिशत मलेरिया संक्रमितहरु अफ्रिकामा भेटिएका हुन । मृत्यु भएका मध्ये ५ लाख ९३ हजार सबै अफ्रिकी देशका नागरिक थिए, मलेरियाबाट मृत्यु हुनेमा धेरै जसो संक्रमित ५ वर्ष मुनिका बालबालिका थिए ।
