Skin_Hospital_Dhn

आज पुनः नेपाली काँग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौँ ।
आज (मङ्गलवार) पुनः नेपाली काँग्रेसको संसदीय दलको बैठक बस्दैछ । बैठक बानेश्वरस्थित संसद भवनमा आज बिहान १० बजे बस्न लागेको हो ।

हिजो (सोमबार) बसेको बैठकमा केही सांसदले आफ्नो धारणा राख्न बाँकी रहेकाले आजका लागि बैठक बोलाइएको हो । आजको बैठकमा पनि आगामी वर्षको बजेट निर्माण प्रक्रियाबारे छलफल हुनेछ ।

हिजोको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले आगामी वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरूसँग चासो राखेका थिए । उनले अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने बताएका थिए ।

आर्थिक वर्ष २०८०/८१ को बजेट आगामी जेठ १५ गते घोषणा हँदैछ ।

सम्बन्धित
Loading...