Skin_Hospital_Dhn

एसपीए कलेजका शिक्षक भट्ट पदमुक्त

धनगढी ।
धनगढीको एसपीए कलेजका शिक्षक चेतराज भट्ट पदमुक्त भएका छन् । हिजो (सोमवार) एसपीमा प्ल्सटु अन्तर्गत कार्यविधि कानुन पढाउने शिक्षक भट्टको अनलाइनमार्फत यौन दुर्व्यवहार गर्ने गरेको घटना सार्वजनिक भएपछि उनि पदमुक्त भएका हुन् ।

उनलाई पदमुक्त गरिएको क्याम्पस प्रमुख योगराज गौतमले विज्ञप्तीमार्फ जानकारी दिएका छन् । भट्टले क्याम्पसमा अध्ययनरत आधा दर्जन छात्रालाई रातदिन टर्चर दिने गरेको र अनालाइनमार्फत यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेको थियो । छात्राहरुलाई भिडिओ र म्यासेजमार्फत अश्लिल कुराहरु गर्ने गरेको भट्टमाथि आरोप छ ।

सोही विषयलाई लिएर पीडित छात्राहरुका आफन्त, साथी र विद्यार्थीहरुले विरोध जनाएपछि भट्ट पक्राउ परेका हुन् । हिजो नै वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनलाई समातेर जिल्ला प्रहरी थानामा लगेको थियो ।

पीडित किशोरीहरुले आफूलाई भट्टले दुर्व्यवहार गर्ने गरेको कुरा फाइनान्स विषयको कोर्डिनेटर म्यामलाई जानकारी गराएपनि उनले घटना ढाकछोप गर्न दवाव दिएको बताएकी थिइन् । तर क्याम्पस प्रशासनले भने उक्त कुरा निराधार भएको दाबी गरेको छ । प्रहरीले भने घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित
Loading...