Skin_Hospital_Dhn

विमानस्थल क्षेत्रमा तारजाली नाघेर घाँस काट्ने १७ महिला प्रहरीको नियन्त्रणमा

धनगढी ।
विमानस्थल क्षेत्रमा तारजाली नाघेर घाँस काट्न गएका १७ महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । धनगढीको गेटास्थित विमानस्थल क्षेत्रमा आज (मंगलवार) दिउँसो तारजाली नाघेर घाँस काट्न गएका १७ महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूले विमानस्थलको धावन मार्गको पश्चिमतर्फको तारजाली नाघेर घाँस काटेको बताइएको छ ।

धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टका अनुसार महिलाहरूले अनाधिकृत रूपमा प्रवेश गरेर घाँस काटेपछि उनीहरूलाई विमानस्थलमा सुरक्षार्थ खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उनले घाँस काटिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको बताए ।

“घाँस काट्न भनेर उहाँहरू विमानस्थलको पश्चिमतर्फबाट तारजाली नाघेर भित्र प्रवेश गर्नुभएको रहेछ”, भट्टले भने, “हामीले १७ जना महिलालाई नियन्त्रणमा लिएका छौँ । उडान सुरक्षाका दृष्टिकोणले यो गम्भीर कुरा हो ।”

भट्टले पहिलो पटक भएकाले उनीहरूलाई स्थानीय जनप्रतिनिधिको रोहबरमा सम्झाई बुझाई आफन्तको जिम्मा लगाइने बताएका छन् ।

सम्बन्धित
Loading...