Skin_Hospital_Dhn

चितवन–२ मा रास्वपाका उम्मेदवार रवि लामिछानेले भारी मतान्तरले विजयी

चितवन ।
रास्वपाका उम्मेदवार रवि लामिछानेले भारी मतान्तरले विजयी भएका छन् । चितवन–२ मा उनी करिब ६९ प्रतिशत भन्दा बढी मतसहित विजयी भएका हुन् । उनले ५४ हजार १७६ मतसहित विजयी हात पारे ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत ल्याए । त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन् । चितवन–२ मा कुल ७८ हजार २७७ मत खसेको थियो ।

गत मंसिर ४ मा भएको निर्वाचनमा ८४ हजार ३१५ मत खस्दा रवि लामिछाने ४९ हजार २९६ मत ल्याएर विजयी भएका थिए । अघिल्लो निर्वाचनमा भन्दा कम मत खसे पनि लामिछानेको मत र मतान्तर बढी आएको हो । पहिलेभन्दा खसेको मत कम भएपनि यसपटक लामिछानेले भने पहिलेभन्दा ४ हजार ९१२ मत बढाएका छन् ।

सम्बन्धित
Loading...