Skin_Hospital_Dhn

कञ्चनपुरमा लागू औषध खैरो हेरोइनसहित एक जना पक्राउ

कञ्चनपुर ।
कञ्चनपुरमा अवैध लागू औषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् । जिल्लाको भिमदत्त नगरपालिका—७ हल्दुखालस्थित सडक छेउबाट हिजो (सोमबार) राति हरीश भट्ट पक्राउ परेका हुन् ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले भिमदत्त नगरपालिका—७ बस्ने २८
वर्षीय हरीश भट्टलाई अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५६ मिलिग्रामसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...