
धनगढी ।
कैलालीमा अवैध लागू औषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका—२ बसपार्कबाट अवैध लागू औषध खैरो हेरोइनसहित राजेश पाल पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका—२ बसपार्कबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय राजेश पाललाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
