

डोटी ।
डोटीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको जोरायल गाउँपालिका–१ तुसे बस्ने २१ वर्षीया अनिता मल्ल मृत फेला परेकी हुन् । हिजो (मंगलबार) बिहान नजिकैको जंगलमा स्याउला ल्याउन गएकी उनी घर नफर्कीएपछि परिवारले खोजी कार्य गरेको थियो ।
खोज्ने क्रममा उनी घरदेखि करिब २ किलोमीटर टाढा भिरबाट लडेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । महिला गर्भवती रहेको बताइएको छ । उनको शव परिक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको इलाका प्रहरी कार्यलय बिपीनगरका प्रहरी निरीक्षक लोकेन्द्र गुरुले जानकारी दिए ।
