
काठमाडौँ ।
ईन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाईटन्ससंग मुम्बई ईन्डियन्स ५५ रनले पराजित भएको छ । घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा गुजरातसंग मुम्बई ईन्डियन्स ५५ रनले पराजित भएको हो ।
गुजरातले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन मात्र बनायो ।


मुम्बईका लागि निहाल वाधिराले ४० र क्यामरुन ग्रीनले ३३ रन बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
गुजरातका लागि नूर अहमदले ३, मोहित शर्मा र राशिद खानले समान २÷२ विकेट लिए भने कप्तान हार्दिक पान्ड्याले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ७ रन बनायो ।
यससँगै गुजरात सात खेलमा पाँच जित र दुई हारका साथ १० अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । मुम्बई भने सात खेलमा चार हार र तीन जितका साथ अंक तालिकाको सातौं स्थानमा छ ।
