Skin_Hospital_Dhn

दार्चुलामा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्दार

दार्चुला ।
दार्चुलामा एक सुत्केरी महिलाको उद्दार गरिएको छ । जिल्लाको ब्यास गाउँपालिका—६ हुतिकी ३० वर्षीया भागरथी बडूको हेलिकप्टरबाट उद्दार गरिएको हो ।

दार्चुला प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार उनको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो ।

गर्भमा जुम्ल्याहा बच्चा रहेको र एक बच्चालाई हिजो (मङ्गलबार) जन्म दिएपनि एउटा बच्चा जन्माउन नसक्दा थप उपचारका लागि आज (बुधबार) बिहान हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल कोहलपुर लगिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् ।

सम्बन्धित
Loading...