Skin_Hospital_Dhn

एसपीएका शिक्षक चेतराज भट्टविरुद्ध बाल यौन दुर्व्यवहार मुद्दा दर्ता

धनगढी ।
एसपीए कलेजका शिक्षक चेतराज भट्टविरुद्ध बाल यौन दुर्व्यवहार अन्तर्गत मुद्दा दर्ता गरिएको छ । कैलालीस्थित धनगढीको एसपीए कलेजका कार्यविधि कानुन पढाउने शिक्षक भट्टविरुद्ध बाल यौन दुर्व्यवहार अन्तर्गत मुद्दा दर्ता गरिएको हो ।

सोमबार भट्टको अनलाइनमार्फत यौन दुर्व्यवहार गर्ने गरेको घटना सार्वजनिक भएपछि जागिर खोसिएसँगै उनी सोही दिन पक्राउ परेका थिए । भट्टले क्याम्पसमा अध्ययनरत आधा दर्जन छात्रालाई रातदिन टर्चर दिने गरेको र अनलाइन मार्फत यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेको छ ।

छात्राहरूलाई भिडिओ र म्यासेजमार्फत अश्लील कुराहरू पठाउने गरेको भट्टमाथि आरोप छ । सोही विषयलाई लिएर पीडित छात्राहरूका आफन्त, साथी र विद्यार्थीहरूले विरोध जनाएपछि भट्ट पक्राउ परेका थिए । वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनलाई समातेर जिल्ला प्रहरी थानामा लगेको थियो । विद्यार्थीबाट उजुरी आए लगत्तै कलेजले सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षकलाई निष्कासित गरी आवश्यक छानबिन र कानुनी कारबाहीका लागि प्रहरीलाई बुझाएको थियो ।

एकेडेमीले तत्काल पीडितको पक्षबाट निवेदन लेख्न लगाई आवश्यक प्रक्रिया पुरा गरी निजलाई कारबाहीको प्रक्रिया स्वरूप पदमुक्त गरिसकिएको र कलेज प्रशासनले नै प्रहरीलाई बुझाई कानुनी प्रक्रिया अघि बढिसकेको जनाएको थियो । भट्टविरुद्ध बाल यौन दुर्व्यवहार अन्तर्गत मुद्दा दर्ता गरिए लगत्तै प्रहरीले म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले बताएका छन् ।

सम्बन्धित
Loading...