
काठमाडौं ।
बितेको २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६३४ जनाको नमुनामध्ये ४९४ जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र १ हजार ४२० जनाको एन्टिजेन परीक्षण गर्दा ४५ जना गरी ८२ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार कोरोनाको सक्रिय सङ्क्रमितको संख्या ३६१ पुगेको छ भने संस्थागत आईलेशनमा २९ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।
त्यसैगरी बुधबार ६५ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् भने एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
