Skin_Hospital_Dhn

डिआइजी भरत बहादुर बोहराले सुरु गरे अनुगमन तथा निरीक्षण

धनगढी ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) भरत बहादुर बोहराले अनुगमन तथा निरीक्षण कार्य सुरु गरेका छन् ।

डिआइजी बोहराले कार्यालयहरूको भौतिक पूर्वाधारहरूको स्तर अपराध अनुसन्धान शाखा, प्रशासन शाखा, कार्य शाखा तथा अन्य शाखाहरूबाट सम्पादित कार्यहरू र अभिलेख व्यवस्थापनको निरीक्षण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र बहादुर पालले कार्यालय तथा समग्र जिल्लाको वस्तुस्थिति सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले कार्यालय तथा मातहत समेतमा कार्यरत कार्यालय प्रमुख र अन्य प्रहरी कर्मचारीहरूलाई विभागीय आवश्यक निर्देशन समेत दिएका छन् ।

सम्बन्धित
Loading...