
बैतडी ।
बैतडीका एकजना पुरुष ६ महिनादेखि भारतमा बेपत्ता भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–४ कपीन्नाका मनोज भट्ट ६ महिनादेखि भारतमा बेपत्ता भएका हुन् ।

उनका दाजु नवराज भट्टका अनुसार भारतको दिल्लीबाट रोजगारीका लागि हिमाञ्चलको सिम्ला गएका मनोज ६ महिनादेखि सम्पर्क विहिन भएका छन् ।

आफ्ना दाजु नवराजसंगै भारतको दिल्लीमा नोकरी गर्दै आएका मनोज सिम्ला गएपछि सम्पर्क विहिन भएको पारिवारले जनाएको छ। मनोज बेपत्ता भएपछि घरपरिवार शोकमा डुबेको छ । कसैले मनोजलाई फेला पारेमा नजिकको प्रहरीमा वा ९८६५९०१७६१ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरिएको छ । उनका एक छोरा र श्रीमती रहेका छन् ।
