
काठमाडौं ।
एसीसी प्रिमियर कपमा आज (बिहीबार) नेपालले कतारसँग खेल्दै छ ।
त्रिवि क्रिकेट मैदानमा बिहान नौ बजेबाट शुरु हुने समूह एमा रहेको नेपालले समूह चरणको अन्तिम खेल कतारसँग खेल्नेछ । समूह चरणमा अपराजित नेपालले पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो ।


तेश्रो खेलमा नेपाल र साउदी अरेबियाबीचको मुलपानी मैदानमा तय भएको थियो । खेल वर्षाका कारण रद्द भएको थियो । रद्द भएर अंक जोडेसँगै नेपाल सेमिफाइनलमा पुगेको थियो । यो समूहबाट ओमान सेमिफाइनलमा पुगिसकेको छ ।
आजको खेलमा जित हात पारे नेपाल समूह विजेता बन्नेछ । समूह बी बाट युएई अन्तिम चारमा पुगेको छ । आज हङकङ र कुवेतबीचको खेलपछि अन्तिम चारमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ ।
एसियाका शीर्ष १० एसोसियट राष्ट्रबीच भएको प्रतियोगिताको च्याम्पियनले एसिया कपमा स्थान बनाउने छ ।
