Skin_Hospital_Dhn

पाँच बर्ष मुनिकालाई विद्यालय भर्ना गर्दा खोप कार्ड अनिवार्य

बैतडी ।
पाँच बर्ष मुनिका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको छ । बैतडीमा बालबालिकाहरुले खोप लाए/नलाएको जानकारी हुने भएकाले विद्यालय भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको हो ।

बैतडीका प्रमुख योगेशप्रसाद भट्टका अनुसार बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप लाए/नलाएको जानकारी हुने भएकाले विद्यालय भर्ना गर्दा खोप कार्ड अनिवार्य गर्न विद्यालयहरुलाई आग्रह गरिएको हो

जिल्ला खोप समन्वय समितिको बैठकले विद्यालयमा बालबालिकाहरुलाई भर्ना खोप कार्ड अनिवार्य गर्ने गरेको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए । राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाहरुलाई विभिन्न रोग विरुद्ध निशुल्क खोप दिने गरेको छ । त्यस्ता खोपबाट कोही पनि बालबालिका नछुटुन भनेर खोजपडताल अभियान समेत सञ्चालन गर्ने निर्णय भएको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिएका छन् ।

यस्तै वैशाख महिनाभित्र जिल्लालाई पूर्ण खोप प्रमाणीकरण जिल्ला घोषणा गर्ने निर्णय समेत बैठकले गरेको छ । वडा, पालिका हुँदै जिल्लालाई पूर्ण खोप प्रमाणीकरण गरिने स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए । पालिकाहरुमा पूर्ण खोप सुनिश्चितताका लागि अन्तरक्रिया एवं गोष्ठीहरु सम्पन्न भएको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए ।

सम्बन्धित
Loading...