Skin_Hospital_Dhn

गए राति बाजुरा केन्द्रबिन्दु भएर दुई पटक शक्तिशाली भूकम्प

बाजुरा ।
बाजुरा केन्द्रबिन्दु भएर गए राति दुईपटक शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको दहकोट केन्द्रबिन्दु भएर दुईपटक भूकम्प गएको हो ।

राति ११ः५८ बजे ४.९ र १ः३० बजे ५‍.९ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पले पुर्‍याएको क्षतिबारे अहिलेसम्म कुनै विवरण प्राप्त भएको छैन ।

यसअघि १० वैशाखमा पनि बाजुरा केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प गएको थियो ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेको छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

सम्बन्धित
Loading...