

काठमाडौं ।
आज (शुक्रवार) प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने सम्भावित कार्यसूची तय भएको छ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले १० वटा विषयगत समितिमा रहने प्रतिनिधि सभाका सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । प्रमुख राजनीतिक दलहरूबीच समितिको नेतृत्वको सम्बन्धमा भागबण्डा मिलेपछि प्रतिनिधिसभा बैठकबाट सदस्यहरू मनोनयन गरिँदैछ ।
