
बाजुरा ।
बाजुरामा ट्याक्टरको टायरमा च्यापिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका—४ जाडेपानीस्थित सडकमा ट्याक्टरको टायरमा च्यापिएर खम्म रावतको मृत्यु भएको हो ।

सुदूर पश्चिम प्रदेश ०१—००२ त ४९७२ नम्बरको ट्याक्टरमा चढ्ने क्रममा ट्याक्टरको टायरमा च्यापिएर बुढिगंगा नगरपालिका—४ बस्ने ३१ वर्षीय खम्म रावतको हिजो (बिहीबार) राति घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारि दिएको छ ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
