Skin_Hospital_Dhn

थप १०३ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ ।
नेपालमा बितेको २४ घण्टामा थप १०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज (शुक्रवार) स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार देशभर १ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ९२५ जनामा कोभिड परीक्षण गर्दा १ सय ३ जनामा सङ्क्रमण पुष्टि भएका र देशभरका विभिन्न अस्पतालबाट ५३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् ।

यससँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको छ ।

सम्बन्धित
Loading...