बैतडी जिल्लाका अपाङ्गता भएका व्यक्तिहरू जिल्ला स्थित मुख्य सरोकार कार्यालयका प्रमुख प्रति असन्तुष्ट भएका छन् ।

जिल्ला अपाङ्गसंघ बैतडीले अपाङ्गता भएका व्यक्तिहरुहको ३१ औँ अन्तर्राष्ट्रिय दिवसको कार्यक्रममा जिल्ला स्थित सरोकारवाला निकायका प्रमुखहरूलाई निमन्त्रणा गरेको थियो ।
दिवस कार्यक्रमलाई मात्र मनाउने नभई आफ्ना गुनसाहरु सरोकारवालाहरूले सुनी समाधान गर्ने पनि भएकाले महत्त्वपूर्ण कार्यालय प्रमुखहरूलाई बोलाएको जिल्ला अपाङ्ग संघ बैतडीले जनाएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुखलाई निमन्त्रणा गरेपनि नआएकाले आफुहरुलाई खल्लो लागेको अपाङ्ग महासंघका दसरथचन्द नगरकमिटी अध्यक्ष हरिस टमटाले बताउनु भयो ।
कार्यक्रममा दसरथचन्द नगर उपप्रमुख कौसिला चन्द भने सहभागी हुनुहुन्थ्यो । उपप्रमुख चन्दले जुनसुकै सेवाग्राहीहरूलाई पनि नगरपालिकाबाट प्रदान गर्ने सेवासुविधामा कुनै समस्या परे वा गुनासा भएपनि आफू त्यसको समाधानको लागि कार्यालयमा मात्र नभई घरमा पनि भेट्न सक्ने र त्यसको लागि आफू तयार रहेको बताउनुभयो।
जिल्ला सदरमुकाम गोठलापानी बजारमा विभिन्न नारासहितको ¥याली सहित जिल्लास्थित सरोकारवालाहरु सँग अन्तरक्रिया गरी कार्यक्रम मनाइएको हो ।
