धनगढीका मेयर हमाल र कुलमान घिसिङबीच भेटवार्ता, विद्युतको समस्या हल गर्ने समझदारी

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङबीच भेट वार्ता भएको छ । ‘स्मार्ट स्ट्रिट’ लाइट जडान हुने क्षेत्रको अवलोकन गर्न धनगढी पुगेका घिसिङ र हमालबिच यहाँको विद्युतको समस्याका सम्बन्धमा छलफल भएको हो ।

Gaurishankar Dental

नगर प्रमुख हमालको आग्रहमा घिसिङले मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रभित्रको अनुगमन समेत गरेका छन् । एलएनचोक, भन्सार रोड, लगायत मुख्य सडक क्षेत्र दायाँबायाँ रहेका विद्युत् पोल र धनगढीमा विद्युत् पूर्वाधारको विषयमा घिसिङले अनुगमन गरेका हुन् ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

धनगढीका १९ वटै वडामा विद्युतको ट्रान्सफर्मरको ग्रेडवृद्धि, तारमा अपग्रेड, विद्युत् नभएका स्थानहरूमा नयाँ लाइन विस्तार, सव–स्टेसन निर्माण, इलेकट्रोनिक गाडी चार्ज गर्न धनगढी उप–महानगरपालिका अगाडि र फूलबारीमा चार्ज स्टेसन र कैलाली पुलदेखि क्याम्पस चोकसम्म अन्डरग्राउन्ड लाइन विस्तारका लागि प्राधिकरणसँग छलफल गरिएको उप–महानगरपालिकाले जनाएको छ ।

सडक तोडफोड भएको क्षेत्रको समेत उनले अनुगमन गरेका हुन् ।

DHN_Aaglagi
सम्बन्धित
Loading...