
बाजुरा प्रदेश सभा (१)मा नेकपा एकीकृत समाजवादीका शाही विजयी
बाजुरा प्रदेश सभा (१) मा नेकपा एकीकृत समाजवादीका नरेश शाही विजयी भएका छन्।
धनगढी । बाजुरा प्रदेश सभा (१) मा नेकपा एकीकृत समाजवादीका नरेश शाही विजयी भएका छन्।

बाम-लोकतान्त्रीक गठबन्धनबाट उम्मेदवार बनेका शाही १० हजार ९ सय ७३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार बल्देव रेग्मीले ८ हजार ६ सय ३२ मत प्राप्त गरे।

गठबन्धनबाट प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विक (केशव) ले १ हजार ९८ मत प्राप्त गरेका छन्। शाहीलाई काँग्रेसले सर्मथन गरेको थियो।
