Skin_Hospital_Dhn

चिर्पट प्रहार गरी आफ्नै बाबुको हत्या

कञ्चनपुर ।
कञ्चनपुरमा चिर्पट प्रहार गरी ७१ वर्षीय बाबुको हत्या गरेका छन् । जिल्लाको पुर्नवास नगरपालिकामा घरायसी विवादका कारण गणेश खड्काले आफ्नै बाबुको हत्या गरेका हुन् ।

पुनर्वास नगरपालिका—४ कार्कीचोकका ३० वर्षीय गणेश खड्काले आफ्नै बाबु ७१ वर्षीय धन बहादुर खड्काको हत्या गरेका हुन् ।

घरायसी विवादका कारण बाबुछोराबीच झगडा हुँदा छोराले बाबुमाथि काठको चिर्पट प्रहार गर्दा बाबु धन बहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रकास डाँगीले बताएका छन् ।

७१ वर्षीय बाबुको हत्या गरेर भाग्न खोजेका गणेश प्रहरीको नियन्त्रणमा छन् । घटनास्थलमा पुगेर प्रहरीले अहिले मुचुल्का उठाईरहेको छ । कञ्चनपुरमा दुईदिनदेखि लगातार पानी परेकाले घटनाबारे गाउँछिमेकमा कसैले थाहा पाएका भने छैनन् ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

Loading...