Skin_Hospital_Dhn

पहाडी भू—भागमा आंशिक बदलीको सम्भावना, बाँकी भू—भागमा मौसम सामान्यतया सफा

अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। बिहान मधेस र प्रदेश १ लगायत देशका पहाडी भू—भागमा आंशिक बदली छ।

दिउँसो प्रदेश १ र गण्डकीका पहाडी भू—भागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य भू—भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति बागमती, मधेस लगायत लुम्बिनी, गण्डकी र प्रदेश १ का पहाडी भू—भागमा आंशिक बदलीको अनुमान गरिएको छ।

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू—भागमा आंशिक बदली तथा बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहनेछ।

सम्बन्धित
Loading...