बैतडीमा ७० कटेका पुर्व राज्यमन्त्रीको धरौटी जफत
मंसीर ४ गते सम्पन्न भएको निर्वाचनमा बैतडीमा सांसद देखी राज्यमन्त्री भइसकेका पुराना अनुहारलाई बैतडेलीजनताले विश्राम दिदैँ धरौटी समेत जफत गराईदिएका छन् ।
बैतडी । मंसीर ४ गते सम्पन्न भएको निर्वाचनमा बैतडीमा सांसद देखी राज्यमन्त्री भइसकेका पुराना अनुहारलाई बैतडेलीजनताले विश्राम दिदैँ धरौटी समेत जफत गराईदिएका छन् ।
प्रतिनीधीसभा सदस्यका लागि उम्मेदवारी दिएका ११ जना मध्ये ९ जनाको धरौटी जफत भएको छ । प्रतिनीधीसभा सदस्यकै लागि बागी उम्मेदवारी दिएका पूर्व सांसद भई राज्यमन्त्री समेत भइसकेका केशव वहादुर चन्दको धरौटी जफत भएको छ ।
चन्द नेपाली कांगेसका नेता हुन् । यस अघि मध्यावधी निर्वाचनमा नेपाली कांग्रेसवाटै सांसद भई राज्यमन्त्री भएका थिए । २०७४ सालको स्थानियतहको निर्वाचनमा उनले नेपाली कांग्रेसबाटै पाटन नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका थिए ।
वर्षले ७० काटीसकेका चन्द फेरी यस पटकपनि प्रतिनिधीसभा सदस्यको दौडधुपमा थिए । गठवन्धन भएकाले बैतडी माओवादीका भागलागेकाले चन्दले टिकेट पाएन् । टिकेट नपापछि चन्द बागी उठेका थिए ।
बैतडीमा कुल खसेको मतको १० प्रतिशतमत नपुगाएका प्रदेस र संघकाका उम्मेदवारको धरौटी जफत भएको जिल्ला निर्वाचन अधिकृत माधप प्रशाद फुयालले बताउनु भयो ।
बैतडीमा कुल खसेका ७८ हजार ३६१ मतमध्ये चन्दले २ हजार ५०९ मत प्राप्त गरेका थिए । निर्वाचन आयोगले प्रतिनीधीसभा सदस्यको लागि १० हजार धरौटी र प्रदेससभा सदस्यको लागि ५ हजार धरौटी तोकेको थियो ।
यस्तै प्रदेससभा सदस्यका लागि निर्वाचन लडेका ६ जनाको पनि धरौटी जफत भएको निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।