बाजुराबाट प्रतिनिधि सभामा कांग्रेसका बद्री पाण्डे विजयी

बाजुराबाट प्रतिनिधि सभामा कांग्रेसका उम्मेदवार बद्री पाण्डे विजयी भएका छन्।

Gaurishankar Dental

धनगढी । बाजुराबाट प्रतिनिधि सभामा कांग्रेसका उम्मेदवार बद्री पाण्डे विजयी भएका छन्। उनी ३१ हजार ७८६ मत ल्याएर विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत पाएका छन्। राप्रपाका उम्मेदवार जंगकुमार गिरीले २०७, समाजवादीका उम्मेदवार रामबहादुर शाहीले ७३ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ मत पाएका छन्।

DHN_Aaglagi
सम्बन्धित
Loading...