Skin_Hospital_Dhn

सुदूरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा (फोटोफिचर)

यही मङ्सिर २२ गतेदेखि पुस २ गतेसम्म आयोजना हुने सुदूरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।

धनगढी । यही मङ्सिर २२ गतेदेखि पुस २ गतेसम्म आयोजना हुने सुदूरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। सुदूरपश्चिम महोत्सवको ९० प्रतिशत तयारी पुरा भएको हो ।

पर्वको रुपमा मानिएको सुदूरपश्चिम महोत्सवको उद्देश्य पुरा गर्न सबैको साथ र सहयोग आवश्यक रहेको उद्योग वाणिज्य संघकी कार्यकारी निर्देशक गोमा अधिकारी बताइन्। साथै तयारी अवस्थामा पनि सल्लाह सुझाव दिएर ,कमिकमजोरी औंल्याउन आग्रह गर्दै महोत्सवलाई भव्य बनाउन उनले सम्पुर्ण सुदूरपश्चिमबासी लाई निम्तो समेत गरिन् ।

१६ औँ संस्करणको महोत्सवको उद्घाटन प्रधानमन्त्री शेर बहादुर देउवा मार्फत उद्घाटन हुने उद्योग वाणिज्य संघले जनाएको छ ।

यस वर्षको महोत्सवमा रमाइलो मेलामा केही फरक देख्न सकिने बताईएको छ ।

महोत्सव धनगढी उपमहागनरपालिका वडा नम्बर १ पशुपति टोलमा सञ्चालन हुनेछ ।

सम्बन्धित
Loading...