Skin_Hospital_Dhn

सीटीईभीटी पढेका ५८ प्रतिशत विद्यार्थीले रोजगार पाए

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का शैक्षिक कार्यक्रम अध्ययन सकेका कुल विद्यार्थीमध्ये ५८ प्रतिशत रोजगार रहेको एक अध्ययनले देखाएको छ । त्रिभुवन विश्वविद्यालको अर्थशास्त्र केन्द्रीय विभाग र मानविकी तथा सामाजिकशास्त्र संकायका अनुसन्धानकर्मीहरूले गरेको सो अध्ययनले यस्तो निष्कर्ष निकालेको हो ।

‘इम्फ्याक्ट एसेसमेन्ट अफ टेक्निकल एजुकेसन एन्ड भोकेसनल ट्रेनिङ’ शीर्षकमा २१ जिल्लामा अध्ययन गरिएको थियो । यसअन्तर्गत हरेक प्रदेशका तीन/तीन जिल्लाका विद्यार्थीलाई नमुना सर्वेक्षणमा सहभागी गराइएको थियो ।

अध्ययनमा इन्जिनियरिङ, कृषि, हस्पिटालिटी र स्वास्थ्य विधाका १२३१ विद्यार्थी समेटिएका थिए, जसमा इन्जिनियरिङका ३९७, कृषिका ३५७, हस्पिटालिटीका ३६ र स्वास्थ्यका ४४१ विद्यार्थीलाई सहभागी गराइएको थियो ।

उनीहरुमध्ये कुल ८.८ प्रतिशत विद्यार्थीले (सीटीईभीटी)मा भर्ना हुनुअघि नै रोजगारी गरेको र बाँकी ९१ प्रतिशतमध्ये ५८.२ प्रतिशतले पढाइ सकेर रोजगारी गरेको अध्ययनले देखाएको छ ।

सम्बन्धित
Loading...