Skin_Hospital_Dhn

मलामी गएका एक व्यक्ति घाइते भइ बेहोस अवस्थामा फेला

बैतडी ।
बैतडीमा मलामी गएका एक व्यक्ति घाइते भइ बेहोस अवस्थामा फेला परेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका–८ डणपुर गाउँका ८२ वर्षीय जगी साउदको मलामी गएका स्थानीय धनसिंह साउद हिजो (आइतवार) बिहान बेहोस भएको अवस्थामा भेटिएका हुन् ।

साउद गाउँका करिब ७० जना मलामीसँगै खोलाबगर चिहानघाट पुगेका थिए । बिहान करिब ७ बजे मलामी गएका धनसिंह साउद घाटबाट फर्किने बेला गाउँलेबाट अलग भएका थिए । साँझ घाइते साउदलाई उपचारका लागि हाट स्वास्थ्य चौकी लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनकारि दिएको छ ।

सम्बन्धित
Loading...